नेप्से ९.७८ अंकले बढ्यो

न्युजलय २ मङ्सिर २०८२, सोमबार ०९:०४ मा प्रकाशित

काठमाडौं । आज नेप्से परिसूचक ९.७८ अंकले बढेर २५५०.३६ को विन्दुमा कायम भएको छ । 

आज दिनभरिमा ३३५ कम्पनीको ८८ लाख ९३ हजार ७७८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९४ करोडको सेयर कारोबार भएको छ ।

आज १६७ कम्पनीको सेयर मूल्य बढ्दा ७६ कम्पनीको सेयर मूल्य घटेको छ भने १३ कम्पनीको मूल्य स्थिर रहेको छ ।