काठमाडौँ । आइतबार(आज) सुनको भाउ ६०० रुपैयाँ बढेको छ । पछिल्लो केही दिनयता निरन्तर बढीरहेको सुनको भाउ आज बढेर ९७ हजार ३०० रुपैयाँ पुगेको छ ।
तेजावी सुनको भाउ आज बढेर ९६ हजार ८०० रुपैयाँ पुगेको छ ।
यता, चाँदीको भाउ पाँच रुपैयाँ बढेको महासंघले जनाएको छ । यसअघि प्रतितोला एक हजार २९५ रुपैयाँ रहेको चाँदी आज एक हजार ३०० रुपैयाँ पुगेको छ ।