नुहाउने क्रममा नहरले बगाएर एक वृद्धको मृत्यु

न्युजलय १३ साउन २०८१, आइतबार ०३:१७ मा प्रकाशित

मोरङ । मोरङको बूढीगंगा गाउँपालिका–७ मा नुहाउने क्रममा नहरले बगाएर एक जना वृद्धको मृत्यु भएको छ ।

सुनसरी–मोरङ सिँचाई आयोजनाको नहरले बगाएर ७० वर्षीय साजुलाल चौधरीको मृत्यु भएको हो ।

मोरङ प्रहरीका अनुसार नुहाउने क्रममा वृद्धलाई शनिबार दिउँसो नहरले बगाएको थियो ।

खोजी गर्ने क्रममा घटनास्थलबाट सय मिटरजति तल शव फेला परेको जानकारी बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।