सङ्खुवासभा । सङ्खुवासभाको उच्च हिमाली क्षेत्रमा परेको हिमपातले जनजीवन प्रभावित भएको छ ।
शुक्रबार रातिदेखि जिल्लाको माथिल्लो भेगमा हलुका वर्षासँगै अहिले हिउँ परिरहेको छ । उच्च हिमाली भागमा बाक्लो हिमपात हुन थालेपछि जनजीवन कष्टकर बनेको छ ।
हिमपातले उत्तरी क्षेत्रको किमाथाङ्का नाका, मकालु आधार शिविर, तीनजुरे, गुफापोखरी, मङ्गलबारे, क्षेत्रका डाडाँकाँडा हिउँले सेताम्मै भएका छन् ।