एनपीएलःजनकपुरको पहिलो जित

न्युजलय १७ मङ्सिर २०८२, मङ्गलबार ०३:०७ मा प्रकाशित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सावित विजेता जनकपुर बोल्ट्सले पहिलो जित निकालेको छ । मंगलबार भएको खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै जनकपुरले यस सिजनको पहिलो जित निकालेको हो ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर १७७ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले १७ ओभर ३ बलमा ४ विकेट गुमाउँदै १८० रन बनाएको हो ।

यससँगै जनकपुरको पराजय यात्रा रोकिएको छ । यो टिमले अघिल्ला चार खेलमा सुदूरपश्चिम रोयल्स, पोखरा एभेन्जर्स, विराटनगर किङ्स र काठमाडौं गोर्खाजसँग हारेको थियो ।

चितवनको यो तेस्रो हार । यसअघि यो टिमले काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सविरुद्ध जित हासिल गरेको थियो । लुम्बिनी लान्यस र कर्णाली याक्ससँग हारेको थियो ।