टी-२० श्रृंखलाको उपाधि नेपालीलाई

न्युजलय २२ चैत २०७८, मङ्गलबार ०२:३५ मा प्रकाशित

काठमाडौं । नेपालले घरेलु मैदानमा एक वर्षपछि त्रिकोणात्मक श्रृंखलाको उपाधि हात पारेको छ । 


अनुभवी र सिनियर खेलाडी नरहेको टिमले पनि ५ खेलमा अविजित रहँदै उपाधि उचाल्यो ।

 

कोरोना महामारीका कारण रोकिएको खेलकुद पुन सुरु भएपछि घरेलु मैदानमा पहिलो उपाधि उचाल्न पाएका कप्तान सन्दीपको सुखद सुरुवातको रुपमा यसलाई लिइएको छ ।


यो उपाधि नेपाली क्रिकेट भविष्यको राम्रो सुरुवात रहेको कप्तान लामिछाने तथा प्रशिक्षक पुबुदु दशनायकेले बताए ।  


कप्तान सन्दीपले यो उपाधिलाई नेपाली क्रिकेटको भविष्यमा आउने सफलताको प्रतिक भनेका छन् ।  


सबै खेलाडीले मन लगाएर खेलेको कारण यो सम्भव भएको उनले बताए ।