भारतको मेडिकल कलेजमा भीषण आगलागी, १० नवजात शिशुको मृत्यु

न्युजलय ३१ कार्तिक २०८१, शनिवार १२:१२ मा प्रकाशित

काठमाडौँ । भारतको उत्तर प्रदेशस्थित एक मेडिकल कलेजमा भीषण आगलागी हुँदा १० नवजात शिशुको मृत्यु भएको छ।

उत्तर प्रदेशको झाँसीस्थित महारानी लक्ष्मीबाई मेडिकल कलेज अस्पतालको नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू) मा गएराति आगलागी भएको हो। झाँसी जिल्ला मजिस्ट्रेट अविनाश कुमारले १० बालबालिकाको मृत्यु भएको पुष्टि गरे।

एनआईसीयू भित्रको युनिटमा सट सर्किटका कारण राति पौने ११ बजे आगलागी भएको थियो। समयमै उद्धार भएकाले अन्य धेरै बालबालिकाको सकुशल उद्धार भएको छ। 

सेनाको टोलीले अस्पतालको वार्डको सिसा फुटाएर ३६ शिशुको उद्धार गरेको बताइएको छ।