काठमाडौं । बुधबार (आज) सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ छ ।
यस्तै, आज चाँदीको मूल्य १० रुपैयाँ घटेको छ । महासंघकाअनुसार आज चाँदीको मूल्य ११ सय ७५ रुपैयाँ रहेको छ ।