इटहरी । इटहरी उपमहानगरपालिकाले सर्वसाधारण नागरिकलाई आजदेखि चार वटा विद्युतीय नगर बस सञ्चालनमा ल्याएको छ । सुरुवाती चरणमा आज (बुधबार) र भोलि (बिहीबार) निःशुल्क बस सञ्चालन गरेको हो ।
मेयर हेमकर्ण पौडेलले बुधबार नगर बसमा यात्रा गरेर विभिन्न वडाहरूको अवलोकन गरे ।
ग्रामीण भेगमा बस्ने जनतालाई सहरसँग जोड्ने उदेश्यले बस सञ्चालनमा ल्याएको मेयर पौडेलको भनाइ छ । नगर बसलाई सर्वसाधरणहरूले फूल माला लिएर स्वागत गरेका थिए ।
अपाङ्गमैत्री बस भएकाले फरक क्षमता भएकाहरूलाई पनि सहज हुने बताइएको छ ।
नागरिकलाई सहुलियतपूर्ण ढंगमा सेवा उपलब्ध गराउन बसको सेवा शुल्क २० रुपैयाँ तोकिएको र बिहान ७ बजेबाट ११ बजेसम्म र दिउँसो २ बजेदेखि बेलुकी ७ बजेसम्म नियमित सञ्चालन हुनेछन्।