सुनसरी । प्रशासनले लगाएको कफ्र्यु उल्लंघन गर्ने समुहलाई नियन्त्रणमा लिन प्रहरीले ८२ राउण्ड गोली चलाएको सुनसरी प्रहरीले जानकारी दिएको छ ।
सुनसरीको हरिनगरा गाउँपालिकामा एउटा समुहले गत विहीबार स्थानीय जीवन मेहतालाई कुटपिट गरेपछि विरोधमा जुलुस र तोडफोड भएको थियो । कुटपिटलाई जातिय र धार्मिक रंग दिइएपछि स्थिती तनावपूर्ण बनेको हो ।
प्रशासनले हरिनगरा गाउँपालिकाभरि र देवानगन्ज गाउँपलिकाको २ वटा वडामा शुक्रबार १२ बजेदेखि अनिश्चितकालीन कर्फ्यू लगाएको थियो । पछि प्रशासनले इनरुवा, भोक्राहा नर्सिङ र कोशी गाउँपालिकामा कफ्र्यु थप गरेको छ । सो स्थानमा पर्ने महेन्द्र राजमार्गबाट आवतजावत अवरुद्ध छ । प्रहरीले
कफ्र्युकै बिचमा प्रदर्शन र झडपमा उत्रिएको समुहलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको थियो । सो क्रममा १० प्रदर्शनकारी घाइते भएका छन् । घाइतेमध्ये पाँच जना डिस्चार्ज भएको र अन्य पाँच जनाको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । प्रदर्शनकारीको ढुंगा प्रहारबाट, १५ जना प्रहरीसमेत घाइते भएको सुनसरीका प्रहरी प्रमुख एसपी विपिन रेग्मीले बताए ।
भिड नियन्त्रणका लागि दुवै समुदायका अग्रजहरूलाई बोलाएर घटना साम्य पार्ने प्रयास भइरहेको बताए । जातीय दंगा भड्किन नदिन सुनसरीको इनरुवा, कोशी, भोक्राहा नर्सिङ, हरिनगरा र देवानगन्जमा नेपाली सेना परिचालन गरिएको छ।