आजको सुनको मूल्य

न्युजलय २४ असार २०७९, शुक्रबार ११:३८ मा प्रकाशित

काठमाण्डौ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । 

अघिल्लो दिन प्रतितोला ९४ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्य कायम भएको हो । 

यस्तै तेजाबी सुनको मूल्य पनि आज अघिल्लो दिनकै मूल्य कायम हुँदै प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले घट्दै एक हजार २७५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।