सुनसरी। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आगामी वर्षको नगरपालिकाको बजेटमा नेपाली फिल्म क्षेत्रलाई समेट्ने जानकारी दिएका छन् ।
धरानमा गरिएको ‘महाजात्रासँग स्थानीय सरकारः सिनेमा संवाद’कार्यक्रममा बोल्दै मेयर साम्पाङले नेपाली फिल्मसँगै कला, संस्कृतिसँग आफू नजिक रहेको बताएका हुन् ।
उनले अभिनेता हरिवंश आचार्यलाई हाँस्न र बाच्न सिकाउने कलाकारका रुपमा बुझेको सुनाए। ‘कलाकारलाई माया मोबाइलमा गरेर हुँदैन, यसका लागि हलसम्म पुग्नु पर्छ । त्यसैले नेपाली फिल्म हलमै हेर्ने गरौँ, यो महाजात्रा पक्कै राम्रो बनेको छ । किनकि हरिवंश जस्तो कलाकार यत्तिकै फिल्ममा अभिनय गर्नु हुँदैन भन्नेमा विश्वस्त छु’, उनले भने ।
संवाद कार्यक्रममा हरिवंश आचार्यले धरानमा फिल्म ‘बलिदान’को छायाङ्कन गरेको स्मरण गर्दै छायांकनको गन्तव्यका रुपमा व्याख्या गरे।