घट्यो सुनको भाउ

न्युजलय ५ असार २०८३, शुक्रबार ११:२५ मा प्रकाशित

काठमाडौँ।  शुक्रबार सुनचाँदीको भाउमा गिरावट आएको छ ।

बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ तोलामा १० हजार पाँच सय र चाँदीको तीन सय पाँच रुपैयाँ घटेको हो।

मूल्य घटेसँगै शुक्रबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ८६ हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ।

यता, बिहीबार प्रतितोला चार हजार नौ सय ४५ रुपैयाँ रहेको चाँदीको भाउ शुक्रबार घटेर चार हजार छ सय ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।