कतार विश्वकपका लागि डेनमार्क छनौट

न्युजलय २७ असोज २०७८, बुधबार ०२:१६ मा प्रकाशित

काठमाडौँ । कतार विश्वकप २०२२ का लागि डेनमार्क छनौट भएको छ । युरोपको विश्वकप छनौट अन्तर्गत समुह एफ अन्तर्गत गएराती अस्ट्रियालाई १(० ले पराजित गर्दै डेनमार्क विश्वकपमा छनौट भएको हो ।

 

अस्ट्रियाविरुद्धको खेलमा खेलको ५३औँ मिनेटमा जोआकिम माएहिलेले गरेको गोल नै निर्णायक गोल बनेको थियो ।


यो जितपछि डेनमार्कको ८ खेलमा साबि खेल जितेर २४ अंक भएको छ र विश्वकप छनौटका दुई खेल खेल्नु अघि नै छनौट भएको छ ।


योसँगै डेनमार्क युरोपबाट जर्मनीपछि विश्वकपमा छनौट हुने दोस्रो देश बनेको छ ।