छात्रामाथि बलात्कार आरोपमा शिक्षक पक्राउ

न्युजलय १६ असार २०८१, आइतबार १२:०९ मा प्रकाशित

खोटाङ । खोटाङमा छात्रामाथि बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन्।

हलेसी तुवाचुङ नगरपालिकास्थित एक विद्यालयका ५८ वर्षीय शिक्षक पक्राउ परेका हुन्।

उनलाई खोटाङ जिल्ला प्रहरी कार्यालयको टोलीले शनिवार पक्राउ परेको हो।

प्रहरीले विद्यालयमा एउटा विद्यार्थी पीडित छ भन्ने गोप्य सूचना पाएको थियो। सोही सूचनालाई पछ्याउँदै अनुसन्धान गर्ने क्रममा शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ  ।

बालिकासँग सोधपुछ गरेसँग कानुनी प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको छ। साथसाथै जिल्ला अदालतबाट आइतबार म्याद थप गरी अनुसन्धान अगाडि बढाउने प्रहरीले जनाएको छ ।