च्याम्पियनसिप खेल्न बंगलादेश जाँदै यू-१९ महिला फुटबल टोली

न्युजलय २१ मङ्सिर २०७८, मङ्गलबार ०२:५१ मा प्रकाशित

काठमाडौं । साफ यू-१९ महिला फुटबल च्याम्पियनसिपमा सहभागिता जनाउनका लागि नेपाली टोली मंगलबार बंगलादेश प्रस्थान गर्दैछ  ।


अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोली दिउँसो पौने दुई बजे ढाका प्रस्थान गर्ने जनाकारी दिएको छ । च्याम्पियनसिप डिसेम्बर ११ देखि २२ सम्म ढाकामा आयोजना हुनेछ । एन्फाले ढाका जाने टोलीलाई सोमबार नै बिदाइ गरेको थियो ।  


च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक हरि ओम श्रेष्ठले २३ सदस्यीय टिमको घोषणा गरिसकेका छन् ।


नेपाल अघिल्लो संस्करणको उपविजेता टोली हो । प्रतियोगितामा आयोजक बंगलादेशसँगै नेपाल, भुटान, भारत र श्रीलंकाले सहभागिता जनाएका छन् ।


नेपालले आफ्नो पहिलो खेल आयोजक बंगलादेशविरुद्ध डिसेम्बर ११ मा खेल्नेछ । नेपालले दोस्रो खेलमा श्रीलंका तथा तेस्रो खेलमा भुटानको सामना गर्नेछ । 


यी खेल डिसेम्बर १५ र १७ मा हुनेछन् । नेपालले चौथो तथा अन्तिम खेलमा भारतसँग डिसेम्बर १९ मा  प्रतिस्पर्धा गर्नेछ  ।


सिङ्गल राउन्ड रोबिनमा खेलाइने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउने छन् ।