स्वीडेनलाई हराउँदै इंग्ल्याण्ड युरोकपको फाइनलमा

न्युजलय ११ साउन २०७९, बुधबार ०१:०३ मा प्रकाशित

काठमाडौं । घरेलु टोली इंग्ल्याण्ड महिला युरोकपको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको पहिलो सेमिफाइनलमा स्वीडेनमाथि ४–० को शानदार जित निकाल्दै इंग्ल्याण्ड फाइनलमामा प्रवेश गरेको हो । 


ब्रामल लेनमा इंग्ल्याण्डलाई जित दिलाउन बेथ मिड, लुसी ब्रोन्ज, एलेसिया रूसो र फ्रान किर्बीले एकरएक गोल गरे । खेलको ३४ औं मिनेटमा मिडको गोलमार्फत इंल्याण्डले अग्रता लिएको थियो । ४८ औं मिनेटमा ब्रोन्जले टोलीको अग्रता दोब्बर बनाइन् । 


६८ औं मिनेटमा रुसोले इग्ल्याण्डका लागि तेस्रो गोल गरिन् । ७६ औं मिनेटमा किर्बीले गोल गरेपछि घरेलु टोली ४–० को शानदार जित निकाल्दै  उपाधि नजिक पुगेको हो । 

 

पहिलो उपाधिको खोजीमा रहेको इंग्ल्याण्डले तेस्रोपटक युरोकप फाइनलमा स्थान बनाएको हो । यसअघि उसले १९८४ र २००९ को फाइनल खेलेको थियो । 


अब इंग्ल्याण्डले उपाधिका लागि जर्मनी र फ्रान्सबीच हुने दोस्रो सेमिफाइनल विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।