इटहरी । इटहरी २ को माया घरका १ सय २ जनालाई अष्टमीको दिन इटहरी उपमहानगरपालिकाले भोजन गराएको छ ।
त्यहाँ आश्रय लिएर बसेका महिलाहरुलाई उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमको सक्रियतामा नयाँ लुगा र मासुसहित खानाको ब्यवस्था गरिएको हो ।
सबैजना घर घरमा दशैको उमंगमा रमाइरहेका बला मायाघरमा आश्रित महिलाहरुलाई दशैको अनुभूति गराउने कोशिष गरेको बताइन् ।
मायाघरकी सचिव सुभद्रा प्याकुरेलले मायाघरमा बल्ल दशैँ आएको प्रतिक्रिया दिइन् । अफ्ठयारो परेको बेला उपमहानगरको तर्फबाट सहयोग लिएर उपप्रमुख आइरहँदा मायाघरलाई सजिलो हुने गरेको उहाँको भनाई छ ।
मायाघरले मानसिक सन्तुलन ठीक नभएर असहाय रुपमा सडकमा बस्न बाध्य महिला तथा वालवालिकालाई आश्रय दिदै आएको छ ।