कीर्तिपुरमा गुडिरहेको कारमा आगलागी, मृत भेटिए चालक

न्युजलय ५ साउन २०८३, मङ्गलबार १२:४८ मा प्रकाशित

काठमाडौँ । कीर्तिपुरमा गुडिरहेको कारमा आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ।

कीर्तीपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा आज बा ५ च ३०३८ नम्बरको कारमा आगलागी भएको हो ।

मंगलबार साढे ११ बजेको आसपासमा चोभारमा गुडीरहेको उक्त गाडीमा एक्कासी आगो लागेपछि प्रत्यक्षदर्शीले तत्कालै प्रहरी र ट्राफिकलाई खबर गरेका थिए ।

चालक बाहिर निस्कन नपाएकाले सिट बेल्ट बाँधेको अवस्थामै जलेर मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

मृतक चालकको सनाखत हुन बाँकी छ भने घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।