काठमाडौँ । आज भने नेप्सेमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज परिसूचक सात दशमलव ३९ अङ्कले बढेर दुई हजार ६१४ दशमलव ०७ को बिन्दुमा कायम भएको हो ।
आज ३३१ कम्पनीको ८७ लाख ४२ हजार ८४ कित्ता शेयर ६२ हजार ६६५ पटक खरिद बिक्री हुँदा कारोबार रकम रू तीन अर्ब ७५ करोड ५० लाख २७ हजार ७९५ मा खुम्चिएको छ ।
आजको कारोबारमा बैंकिङ शून्य दशमलव १२, लघुवित्त शून्य दशमलव ०६, निर्जीवन बीमा शून्य दशमलव १७ र व्यापार समूह शून्य दशमलव ०१ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।