विश्वकप फुटबलका लागि ब्राजिल टोलीको घोषणा

न्युजलय २२ कार्तिक २०७९, मङ्गलबार ०१:४३ मा प्रकाशित

काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकपका लागि ब्राजिलियन टोलीको घोषणा भएको छ । प्रशिक्षक टिटेले सोमबार विश्वकपका लागि २६ सदस्सीय टोलीको घोषणा गरेका हुन् । 


विश्वकपका लागि टिटेले ​३ गोलरक्षक, ८ डिफेन्डर, ६ मिडफिल्डर र ९ फरवार्डलाई टोलीमा राखेका छन् । ब्राजिलले घोषणा गरेको टिममा अनुभवी डिफेन्डर ड्यनी अल्भेस, फरवार्डद्वय गाब्रियल जिसस र गाब्रियल मार्टिनेली अटाउँदा रोबर्टो फिर्मिनो भने छैनन् । 


२० नोभेम्बबाट सुरु हुने विश्वकपमा ब्राजिलले २५ नोभेम्बरमा सर्बियासँग पहिलो खेल खेल्नेछ ।


विश्वकपका लागि ब्राजिलको टोलीः


गोलरक्षक : एलिसन बेकर (लिभरपुल), एडरसन मोराएस (म्यानचेस्टर सिटी) र वेभर्टन (फ्लामेंगो) ।


डिफेन्डर : ड्यानी अल्भेस (पुमास), थियागो सिल्भा (चेल्सी),मार्किन्होस (पिएसजी), ड्यानीलो (युभेन्टस), एलेक्स सान्ड्रो (युभेन्टस), इडर मिलिटाओ​ (रियल मड्रिड), एलेक्स टेलेस (सेभिया) र​ ब्रेमर (युभेन्टस) ।


मिडफिल्डर : क्यासेमिरो (म्यान्चेस्टर युनाइटेड), फाबिन्हो (लिभरपुल), लुकास पाक्वेटा (वेस्ट ह्याम), फ्रेड (म्यान्चेस्टर युनाइटेड), ब्रुनो गुइमरेस (न्युकासल युनाइटेड) र एभर्टन रिबेरो (फ्लामेंगो) ।


फरवार्ड : नेयमार (पिएसजी), रिचार्लीसन (टोटेनहम हट्सपर), भिनिसियस जुनियर (रियल मड्रिड), एन्टोनि सान्तोस (म्यानचेस्टर युनाइटेड), राफिन्हा (बार्सिलोना), रोड्रिगो (रियल मड्रिड), पेड्रो (फ्लामेंगो), गाब्रियल जिसस र गाब्रियल मार्टिनेली (दुवै आर्सनल) ।