एसीसी महिला टी-२० : आज नेपाल बहराइनसँग भिड्दै

न्युजलय ६ असार २०७९, सोमबार ०२:३३ मा प्रकाशित

काठमाडौँ । एसीसी महिला टी-२० च्याम्पियनसिप अन्तर्गत आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दैछ ।


मलेसियाको किनरारा ओभलमा हुने तेस्रो खेल बिहान सवा नौ बजे सुरु हुनेछ ।


प्रतियोगितामा नेपाल लगातार तेस्रो जितको खोजीमा छ । यदि बहराइनविरुद्ध जित निकाले नेपाल एक खेल अघिनै सेमिफाइनल पुग्नेछ ।


लगातार दुई खेल जितेको नेपाल समूह ‘बी’ मा ४ खेल सहित शीर्ष स्थानमा छ ।


यस अघि नेपालले पहिलो खेलमा भुटानलाई ५० रन र दोस्रो खेलमा कुवेतलाई २५ रनले पराजित गरेको थियो ।