भुवन र श्वेता कांग्रेसमा प्रवेश

न्युजलय २० बैशाख २०७९, मङ्गलबार ०५:२३ मा प्रकाशित

काठमाडौं । अभिनेता भुवन केसी कांग्रेसमा प्रवेश गरेका छन् । 

प्रधानमन्त्री रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले केसीसहित कलाकार रवीन्द्र खड्का र नायिका श्वेता खड्कालाई कांग्रेस प्रवेश गराएका हुन् ।

कलाकार रवीन्द्र खड्काले भने यसअघि पनौती नगरपालिकाको मेयर बन्न चाहेको बताएका थिए । यो प्रस्ताव उनले सभापतिसमेत रहेका देउवासमक्ष राखेका थिए ।