काठमाडौं । सोमबार(आज) सुनको मूल्य बढेको छ ।
आइतबार प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
हिजो आइतबारको तुलनामा आज सोमबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो । आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार २०० रुपैयाँ रहेको छ ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ११५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।