जन्मदिन मनाइरहेकी पाकिस्तानी टिकटक स्टारको गोली हानी हत्या

न्युजलय २१ जेठ २०८२, मङ्गलबार ०१:४५ मा प्रकाशित

काठमाडौँ । पाकिस्तानको राजधानी इस्लामावादमा सोसल मिडिया इन्फ्लुएन्सर सना युसुफको गोली हानी हत्या भएको छ ।

१७ वर्षीया सना पाकिस्तानकी चर्चित कन्टेन्ट क्रिएटर थिइन् । उनको टिकटकमा ७ लाख २४ हजार र इन्स्टाग्राममा ५ लाख फलोअर्स छन् ।

जन्मदिनका दिन नातेदार बनेर घरमा छिरेका व्यक्तिले नै सनामाथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ । नजिकैबाट चलाएको गोली लागेर उनको घटनास्थलमै मृत्यु भएको थियो । हत्यापछि ती व्यक्ति फरार भएको र घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।