काठमाडौं । भारतको केन्द्रीय बैंकले २००० भारुको नोटलाई चलनचल्तीमा नल्याउने निर्णय गरेको छ ।
भारतीय रिजर्ब बैंक (आरबीआई)का अनुसार ३० सेप्टेम्बरसम्म आफ्नो बैंक खाता यो नोट जम्मा गरिसक्नुपर्नेछ । साथै बैंकको कुनै पनि शाखामा गएर आफ्नो नोट बदल्न पाइनेछ । यो सुविधा एक पटकमा २० हजार भारुसम्म २ हजारको नोट बदल्न पाइनेछ ।
भारतमा नोभेम्बर १०१६ मा पहिलो पटक २००० भारुको नोट जारी भएको थियो । त्यो बेला ५०० र १००० भारुको नोटबन्दी गरेपछि अर्थ व्यवस्थामा मुद्राको आवश्यकता पूरा गर्न २००० भारुको नोट ल्याइएको थियो ।
जब बजारमा साना नोटको उपलब्धता बढ्यो, त्यसपछि २०१८–१९ मा २००० भारुको नोट छाप्न रोकिएको थियो ।