भारतमा सुरुङ दुर्घटना हुँदा सात जनाको मृत्यु

न्युजलय २९ साउन २०८३, शुक्रबार १२:४० मा प्रकाशित

एजेन्सी । भारतको हिमाली राज्य उत्तराखण्डमा निर्माणाधीन सुरुङमा पानी र भग्नावशेषसहित पहिरो खस्दा कम्तीमा सात जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । 

बिहीबार राति भएको दुर्घटनापछि तीन जना अझै बेपत्ता रहेको अधिकारीहरूले शुक्रबार बताएका छन् ।

राज्यद्वारा सञ्चालित जलविद्युत् परियोजनाका लागि सुरुङ निर्माण भइरहेको स्थानमा दुर्घटना भएको हो । 

राज्य विपद् व्यवस्थापन प्राधिकरणका अनुसार टिहरी जलविद्युत् निगमको निर्माणस्थलबाट १९ जना कामदारलाई उद्धार गरिएको छ । घाइते १३ जनाको उपचार भइरहेको जनाइएको छ ।