वराहक्षेत्र । प्रतिबन्धित औषधि बिक्री गरिरहेको मेडिकल हल सञ्चालकसहित ५ जना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय प्रकाशपुरले वराहक्षेत्र नगरपालिका वडा नं. १० मा रहेको धीरज मेडिकल हलका सञ्चालक ४५ वर्षीय दीपेन्द्रकुमार गोइत र उनकी श्रीमती ४३ वर्षीया पुनमकुमारी गोइतका साथै उक्त मेडिकल हलमा काम गर्ने इनरुवा नगरपालिका–६ का २९ वर्षीय रामानन्द मेहतालाई पक्राउ गरिएको हो ।
बिक्री गर्न रोक लगाइएको औषधि बेच्ने गरेको विशेष सूचनाको आधारमा पसलमा खानतलासी गर्दा स्पास्पिन १ सय ६७ थान, प्रेगास्टर १ सय ३० र एन्टिकोफ ४७ ट्याब्लेट बरामद गरिएको सुनसरी जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।