काठमाडौं । क्रिकेटर सन्दिप लामिछानेलाई थुनामै राख्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिटमा शुक्रबार सुनुवाइ हुने भएको छ।
उच्च अदालत पाटनले धरौटीमा रिहा हुन गरेको फैसलाविरुद्ध महान्यायाधीवक्ता कार्यालय सर्वोच्चमा रिट दायर गरेको थियो। उक्त रिटको शुक्रबार सुुनुवाइ हुने भएको हो।
नाबालिग भनिएकी एक किशोरीलाई बलात्कार गरेको आरोप लामिछानेमाथि छ। उक्त आरोपमा जिल्ला अदालत काठमाडौंले लामिछानेलाई पुर्पक्षमै राखेर मुद्दाको फैसला हुनुपर्ने आदेश गरेको थियो।
उक्त आदेशविरुद्ध सन्दीप उच्च गएका थिए। उच्चले पुस २८ गते २० लाख धरौटीमा छाड्न आदेश दिएसँगै उनी रिहा भएका थिए। रिहा भएका सन्दीपलाई नेपाल क्रिकेट संघ (क्यान)ले निलम्ब समेत फुकुवा गरिसकेको छ।
१७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा सन्दीप असोज २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए।