नेप्से २३.९३ अंकले घट्यो

न्युजलय १२ साउन २०८२, आइतबार ०३:१८ मा प्रकाशित

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार सूचक नेप्से २३.९३ अंकले घटेर १९५८.७१ बिन्दुमा रोकिएको छ ।

कारोबारको सुरुवाती समयमा नेप्से बढ्दै ३०१३.१७ बिन्दुसम्म पुगेपनि त्यसपछि भने घट्न सुरु गरेको थियो । यसअघिका आठ कारोबार दिन भने नेप्से लगातार बढेको थियो ।

सूचक घटेपनि कारोबार रकम भने बढेको छ । आइतबार नेप्सेमा कुल २६ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आइतबार कारोबारमा आएकामध्ये १८६ कम्पनीको सेयर मूल्य बढ्दा ६३ कम्पनीको घटेको छ ।