कोसी प्रदेशका एकदुई स्थानमा चट्याङसहित वर्षाको सम्भावना

न्युजलय १९ फाल्गुण २०८२, मङ्गलबार ०६:४६ मा प्रकाशित

काठमाडौं । देशका केही स्थानमा आज हिमपात र वर्षाको सम्भावना छ । कोसी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान तराई भूभागका केही स्थानमा हुस्सु लागेको छ । दिउँसो कोसी प्रदेशका पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । 

वाग्मती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । 

कोसी प्रदेशको पहाडी र हिमाली भूभागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।