इटहरी । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सुनसरीका भारतसँग जोडिएका सबै सीमा नाका ४८ घण्टाका लागि बन्द गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न फागुन १८ गते राति १२ बजेदेखि २१ गते राति १२ बजेसम्म नेपाल–भारत सीमासँग जोडिएका नाका बन्द गर्ने निर्णय गरेको जनाएको छ।
प्रशासनका अनुसार निर्वाचन अवधिमा अवाञ्छित गतिविधि रोक्न र शान्ति–सुरक्षा कायम राख्न यस्तो कदम चालिएको हो।
निर्वाचन अवधिभर सीमा क्षेत्रमा सुरक्षा निगरानी कडा पारिने तथा भारतीय पक्षसँग समेत समन्वय भइरहेको प्रशासनले जनाएको छ।