इटहरी । नेकपा (संयुक्त) बाट सुनसरी–२ बाट विद्यार्थी नेता अतितकिरण नेपाल यतिखेर चुनावी मैदानमा छन् । सकारात्मक परिवर्तनका लागि आफूले युवा उम्मेदवारी दिएको बताउँदै मतदाताबाट सकारात्मक प्रतिक्रिया पाएको बताएका छन् ।
नेकपा (संयुक्त) का जिल्ला सचिवसमेत नेपाल सोही संगठन अन्तर्गतको अखिल नेपाल विद्यार्थी फेडेरेसनका कोशी प्रदेश संयोजकको जिम्मेवारीमा छन् ।
विद्यार्थी राजनीति गर्दै आएका नेपालले उनले पुराना दलहरु भ्रष्ट दलतन्त्रबाट ग्रसित रहेको र नयाँ भनिएका दलहरु पनि विचारहीन भीड भएको बताएका छन् । उनले नयाँ र पुराना दुवै प्रवृत्तीको हातमा देश पुग्न नदिन पनि आफ्नो उम्मेदवारी रहेको दाबी गरेका छन् ।
उनको चुनावचिन्ह हँसिया रहेको छ ।