खेलकूदको विकास गर्न प्रकाशपुरमा फुटबल क्लबको उद्घाटन

बाबुराम कार्की २३ जेठ २०७९, सोमबार १२:५८ मा प्रकाशित

प्रकाशपुर । सुनसरीको बराहक्षेत्र १० प्रकाशपुरमा फुटबल खेलको विकाश गर्न प्रकाशपुर फुटबल क्लब दर्ता गरिएको छ । सुनसरी जिल्ला खेलकूद बिकास समितिमा प्रकाशपुर फुटबल क्लब दर्ता गरी आज (आइतबार) प्रकाशपुर मंगलबारेमा औपचारीक रुपमा फुटबल क्लब उद्घाटन गरिएको हो । 


कार्यक्रमका प्रमूख अतिथि प्रकाशपुर १० का वडा अध्यक्ष तेज बहादुर गुरुङ्गले रिबन काटेर फुटबल क्लबको उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै गुरुङ्गले युवाहरुको शारीरिक, मानसिक बौद्धिक विकास गर्न फुटबल खेलको महत्वपूर्ण भूमिका हुने बताए । उनले फुटबल खेलको विकासमा सबै सरोकारवालाहरुले समेत लाग्नुपर्ने बताए । 


प्रकाशपुर फुटबल क्लबका अध्यक्ष युवराज लिम्बुले फुटबल खेल्ने खेलाडीलाई आवश्यक पर्ने सामग्रीहरु उपलब्ध गराई फुटबल खेललाई निरन्तरता दिन प्रकाशपुर फुटबल क्लब लाग्ने बताएका छन् । 

कार्यक्रममा स्थानीय समाजसेवी रामप्रकाश कोइराला, रविन घिमिरे, पूर्व खेलाडी केशव राई, रोनी विष्ट, सनम मगर, फडिन्द्र अधिकारी, आशिष राई लगायतले बोलेका थिए ।


कार्यक्रममा नेपाली काङ्ग्रेसका युवराज बञ्जरा, नेकपा एमाले बराहक्षेत्र १० का अध्यक्ष मणि तामाङ लगायतले शुभकामना मन्तब्य राखेका थिए ।