काठमाण्डौ । १३औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअन्तर्गत खोटाङमा सञ्चालित जिल्लास्तरीय छनोट प्रतियोगिताको उपाधि केपिलासगढी गाउँपालिकाले उचालेको छ।
वैशाख ११–१३ गते सुनसरीको इटहरीमा हुने प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुने खेलाडी छनोटका लागि आयोजना गरिएको जिल्लास्तरीय रनिङशिल्डमा केपिलासगढीले १६ स्वर्ण, ११ कास्य र १२ रजत सहित उपाधि उचालेको हो।
जिल्लाका १० स्थानीय तहमध्ये सात स्थानीय तहका विद्यालयमा अध्ययनरत छात्र–छात्रा सहभागी जिल्लास्तरीय राष्ट्रपछि रनिङ शिल्ड प्रतियोगितामा ६ स्वर्ण, दुई रजत र १२ कास्य पदकसहित साकेला गाउँपालिका दोस्रो भएको छ भने चार स्वर्ण, चार रजत र १० कास्य पदकसहित दिप्रुङ चुइचुम्म गाउँपालिका तेस्रो भएको छ।
यसैगरी, दुई स्वर्ण, दुई रजत र एक कास्य पदकसहित ऐंसेलुखर्क गाउँपालिका चौथो तथा दुई स्वर्ण र दुई रजत पदकसहित हलेसी तुवाचुङ गाउँपालिका पाँचौं भएको जिल्ला खेलकुद विकास समिति खोटाङले जनाएको छ ।