फिल्म ‘छक्का पञ्जा ४’ को ट्रेलरमा नदेखिएपछि रिसाए जितु नेपाल

न्युजलय २३ कार्तिक २०७८, मङ्गलबार ०१:४३ मा प्रकाशित

काठमाडौं । कलाकार जितु नेपालले फिल्म ‘छक्का पञ्जा ४’ मा आफू नरहने बताएका छन् ।  फिल्मको अहिले बनेको ट्रेलरमा आफू नअटाउनु भनेको फिल्ममा नरहने नै भएको नेपालले बताए ।

‘हिन्दी फिल्मका दर्शकसम्म पुगेको ‘छक्का पञ्जा ४’ को ट्रेलर म अटेको छैन । यस्तो बेला नअटेको म, सायद फिल्ममा पनि रहन्न होला’ जितुले भने, ‘म सामान्य कलाकारलाई दीपक दाई र दीपा दिदीले फिल्मको हिरो समेत बनाइसक्नु भएको छ । मेरो लागि उहाँहरुले धेरै गर्नु भएको छ । 

महानायक विवादका कारण ‘मुन्द्रेको कमेडी क्लब’ बाट निर्देशक दीपाश्री निरौला बाहिरिएसँगै जीतु र ‘छक्का पञ्जा’ टिमबीच मनमुटाव बढेको हो । 

दीपक राज गिरी र दीपाश्री निरौलाले बलिउड फिल्म ‘सूर्यवंशी’ हेर्न पुगेका दर्शकलाई ‘छक्का पञ्जा ४’ आउने जानकारी दिन एक ट्रेलर बनाएका छन् । सो ट्रेलर ‘छक्का पञ्जा’ सिरिजका कलाकार अटेपनि जितु भने अटेका छैनन् । 

यस अगाडि ‘छक्का पञ्जा’का तीनवटै सिरिजमा देखिएका उनी चौथो सिरिजमा नदेखिनुले उनी फिल्ममा नरहने संकेत गरेको छ । फिल्मको अहिलेसम्म छायांकन भएको छैन । फिल्मको छायाँकन नभएपनि दीपक दीपाले प्रचारका लागि भने ट्रेलर बनाएर देखाएका हुन् ।