२०७८ साल कार्तिक ७ गते अाईतबार

पाकिस्तानमा बढ्यो महँगी, ऋणमा डुब्यो देश, कम खान सरकारको आग्रह

न्युजलय २७ असोज २०७८, बुधबार ११:५८ मा प्रकाशित

इस्लामावाद । पाकिस्तान प्रशासित काश्मीर र गिलगिट बाल्टिस्तान मामिलाका संघीय मन्त्री अली अमीन गण्डापुरले कम खान नागरिकसँग आग्रह गरेका छन्। 

महंगी बढेपछि उनले नागरिकलाई चियामा चिनी कम राख्न र रोटी कम खान आग्रह गरेका हुन्।

उनले आफ्नो मुलुकका लागि र मुलुकको आत्मनिर्भरताका लागि नागरिकले यस्तो गर्नुपर्नेसमेत बताएका छन्। 

पाकिस्तानमा सेप्टेम्बरमा महँगी बढेर ९ प्रतिशत बताइएको छ। अगस्तमा मूल्यवृद्धि ८.४ प्रतिशत रहेको थियो।

उनले शासकले ऋण लिने गरेको तर भुक्तान नगरेका कारण मुलुक ऋणमा डुबिरहेको समेत बताएका छन्।