आफ्नै घरमा मृत भेटिए निर्माता एवम् सञ्चार उद्यमी खनियाँ

न्युजलय ९ मङ्सिर २०८२, सोमबार ०३:१४ मा प्रकाशित

काठमाडौं । चलचित्र निर्माता तथा सञ्चार उद्यमी दीपेन्द्र खनियाँ काठमाडौँका बानेश्वर हाईट स्थित आफ्नै घरमा आइतबार मृत अवस्थामा भेटिएका छन् । प्रहरीका अनुसार उनले घरभित्रै पासो लगाएर मृत अवस्थामा भेटिएका हुन् ।

लामो समयदेखि ‘रेडियो अडियो’ एफ एम सञ्चालन गर्दै आएका दीपेन्द्र चलचित्र छक्का पन्जा सृंखलाका सह निर्माता थिए । छक्का पन्जाकी मुख्य निर्माता एवम् निर्देशक दीपाश्री निरौलाको अनुसार दीपेन्द्र छक्का पन्जाको पहिलो देखि पाँचौँ सृंखलासम्म पनि सह निर्माता थिए ।