काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार(आज) पनि सुनको मूल्य घटेको जनाएको छ।
महासंघका अनुसार सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको हो। आज छापावाला सुन प्रतितोला ९७ हजार २०० रुपैयाँ र तेजाबी सुन ९६ हजार ७०० रुपैयाँ कायम भएको छ।
मंगलबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १ हजार २८० रुपैयाँ कायम भएको छ।