काठमाडौं । तिब्बततर्फबाट रसुवास्थित भोटेकोशी नदीमा धेरै ठूलो बाढी आएको छ । बाढी पूर्वानुमान महाशाखाले तटीय क्षेत्रमा अति उच्च सावधानी अपनाउन आग्रह गरेको छ ।
शाखा प्रमुख वरिष्ठ जलविज्ञानविज्ञ विनोद पराजुलीले भदौ १० गते करिब ९ बजेको समयमा रसुवा भोटेकोशी नदीमा धेरै ठूलो बाढी प्रवेश गरेको बताएका छन् । त्रिशूली नदी तटीय क्षेत्रमा अति उच्च सावधानी अपनाउन आग्रह गरिएको छ ।
उनका अनुसार बाढीको ठूलो असर मुग्लिनसम्म पर्न सक्ने आँकलन गरिएको छ । तटीय क्षेत्रमा तत्काल एसएमएसमार्फत अलर्ट गरिएको उनले जानकारी दिएका छन् । उनका अनुसार त्रिशूलीको मुग्लिनसम्म अति उच्च जोखिमको क्षेत्रका रूपमा रहेको छ ।
नुवाकोट धादिङ र चितवनको तटीय क्षेत्रमा अति उच्च सावधानी र त्यहाँका बासिन्दालाई सुरक्षित स्थानमा रहन उनले आग्रह गरे ।
बाढी किन आयो भन्ने बारेमा आफूहरू निष्कर्षमा पुगिनसकेको उनले जनाएका छन् ।