चल्न थाल्यो फेसबुक

न्युजलय २३ भदौ २०८२, सोमबार ०४:१६ मा प्रकाशित

काठमाडौं । काठमाडौंमा जेन जीको आन्दोलन चर्किएसँगै फेसबुक खुल्न थालेको छ ।

अधिकांश आइएसपीहरुले आज फेसबुक खुला गरेका हुन् ।

देशभरका इन्टरनेट प्रयोगकर्ताहरूले फेसबुक चलेको बताएका छन् । यद्यपि, कम्पनीहरूले भने यो विषयमा कुनै पनि औपचारिक जानकारी गराएका छैनन् ।

सरकारले दर्ता हुन नआएको भन्दै फेसबुक, युट्युब लगायतका २६ वटा सामाजिक सञ्जाल प्लेटफर्महरूमाथि रोक लगाउने निर्णय लिएको थियो ।

उक्त निर्णयको विरुद्धमा आज जेनजी पुस्ता आन्दोलनमा उत्रिएका छन् ।