संखुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिका ११ स्थित आङ्लामा पहिरोले तीन वटा घर बगाएको छ । विभिन्न ठाउँहरुमा बाढी पहिरोबाट २५ भन्दा बढी परिवार विस्थापित भएका छन् ।
अविरल वर्षासँगै गएको पहिरोले कोक्तिमा गाउँका मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसैगरी खाँदबारी नगरपालिका ५ र ६ मा आएको बाढीले कुलो बगाउँदा कम्तीमा एक सय १० परिवारलाई प्रत्यक्ष असर परेको छ ।
डुङ्डुगे आकाशे सिँचाइ र हिँगुवा कुलो सिँचाइमा बाढी पसेपछि ती परिवार जोखिममा परेका हुन् ।
यस्तै खाँदबारी–४ सेकाहामा ९ घर पहिरोबाट विस्थापित बनेका छन् । उनीहरु छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन् ।