एजेन्सी । बार्सिलोना र म्यानचेस्टर सिटीले मैत्रीपूर्ण खेलमा रोमाञ्चक बराबरी खेलेका छन् । बार्सिलोना र सिटीले ३–३ गोलको बराबरी खेलेका हुन् ।
घरेलु टोली बार्सिलोनाका लागि पिएरे एमेरिक औवामियाङ, फ्रान्की डि जोङ र मेम्फिस डिपाएले गोल गर्दा सिटीका जुलयिन अल्भारेज, कोल पाल्मेर र रियाद महारेजले गोल गरे ।
नशासम्बन्धि घातक रोग एम्योट्रोफिक ल्याटरल स्क्लेरोसिस बारे सचेतना जगाउन खेल आयोजना गरिएको हो । यस खेलबाट संकलित रकम लुजोन फाउन्डेसनमा पनि दिइनेछ ।
यसबाहेक खेलमा पूर्व स्पेनिस तथा बार्सिलोना गोलरक्षक जोआन कार्लोस उन्जुएका लागि सहयोग रकम संकलन गरिनेछ । उनलाई सन् २०२० मा एएलएस देखिएको थियो । उनी पेप बार्सिलोना प्रशिक्षक रहँदा गोलरक्षक प्रशिक्षक पनि रहेका थिए ।