काठमाडौं । आइतबार सुनचाँदीको मूल्य घटेको छ।
शुक्रबारको तुलनामा आज सुन तोलामा चार हजार पाँच सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार कायम भएको छ।
यस्तै, चाँदीको मूल्य तोलामा तीन सय ३० रुपैयाँले घटेर पाँच हजार ६० रुपैयाँमा कारोबार भइरहेको छ।