जोगवनीमा भेटियो पुरुषको शव

न्युजलय ५ कार्तिक २०७८, शुक्रबार ०६:२० मा प्रकाशित

विराटनगर ।  जोगवनी बजारमा शुक्रबार(आज) बिहान एक जना पुरुषको शव फेला परेको छ। 

जोगवनीको रेल–वे स्टेशनमा अन्दाजी ४०–४५ वर्षीय पुरुषको शव भेटिएपनि पहिचान खुल्न सकिरहेको छैन। भारतीय सुरक्षाकर्मीले शव नेपाली नागरिकको भएको जानकारी दिएको छ । 

केही दिनअघिको वर्षासँगै आएको बाढीले बगाएर पुरुषको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ। केसलिया खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएका पुरुषको शव जोगवनीमा भेटिएको आशंकामा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।