इटहरी । इटहरी लियो क्लबको २०२४–२५ का लागि सजीवन राई निर्वाचित भएका छन् ।
शनिबार इटहरीमा सम्पन्न भएको ३६ औँ अधिवेशनबाट राई सर्वसमत निर्वाचित भएका हुन् ।
इटहरी–२ का उनी पढाइमा मात्र होइन, खेलकुद तथा नृत्यमा पनि अब्ब छन् । उनले इटहरी सुनसरी लियो क्लबमा सात वर्ष देखि निरन्तर रुपमा खेलकुद संयोजक भई योगदान गरिरहेका थिए ।
अधिवेशनबाट प्रथम उपाध्यक्षमा आशिष प्रधान, द्वितीय उपाध्यक्षमा निशा भट्टराई, तृतीय उपाध्यक्षमा प्रज्वल दनुवार निर्वाचित भएको निवर्तमान अध्यक्ष राजकुमार साहले बताए ।
त्यस्तै सचिव, कोषाध्यक्ष तथा सदस्यहरु केहि दिनपछि अध्यक्षले मनोनित गर्ने पूर्व अध्यक्ष राजु थटालले बताए ।अधिवेशनका निर्वाचन अधिकृत क्लबका सल्लाकार तथा पूर्व अध्यक्ष सन्जीव ढुंगाना रहेका थिए ।