घट्यो शेयर बजार

न्युजलय २८ बैशाख २०८०, बिहिबार ०९:०८ मा प्रकाशित

  काठमाण्डौ । शेयर बजार आज पनि घटेको छ । हिजो सामान्य घटेको शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव ३४ अङ्कले घटेर एक हजार आठ सय ३८ विन्दुमा झरेको छ । 

आज बैंकिङ, जीवन बीमा र म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेकोमा निर्जीवन बीमा, विकास बैंक, माइक्रोफाइनान्स, व्यापार र फाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । 

आज दुई सय ५० वटा कम्पनीको २१ लाख पाँच हजार कित्ता शेयर ५७ करोड ८८ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको तीन करोड १५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।