विराटनगर र धनकुटामा दुई जना मृत फेला

न्युजलय ८ पुस २०८०, आइतबार १२:५२ मा प्रकाशित

मोरङ । कोशी प्रदेशको दुई जिल्लामा एक जना पुरुष र एक महिला मृत फेला परेका छन् । 

विराटनगर –५ कोचाखाल चोक डेरा गरी बस्ने भोजपुर नगरपालिका–७ पोखरे लाइन घर भएका  ७० वर्षीय सम्बर बहादुर श्रेष्ठ आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन्  ।

यस्तै धनकुटाको धनकुटा नगरपालिका–९ बेलहारा बेसी बस्ने ७४ वर्षीय ईन्द्र कुमारी राई सोही ठाउँस्थित तमोर नदी किनारामा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।  

दुवै घटनामा आवश्यक अनुसन्धान प्रक्रिया सुरु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।