धरानमा गाईको बाछी काटेर भाग लगाउँदा लगाउँदै दुई जना पक्राउ

न्युजलय १७ असार २०८१, सोमबार ०५:०२ मा प्रकाशित

 धरान । धरान उपमहानगरपालिका –६ स्थित पानबारीमा गोठमा बाँधिराखेको कोरली बाछी काटिएको छ।

गोठमा बाधिराखेकोकोरली बाछी चोरी गरेर आइतबार राती काटिएको हो। बाछी काट्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

धरान–६ पानबारीकी सीता पौडेलको गोठमा बाधिराखेको कोरली बाछी चोरी गरी काट्ने धरान–१७ की सपना लिम्बू र धरान–१३ का राजकुमार विकलाई प्रहरीले पक्राउ गरेको  छ।

उनीहरुलाई प्रहरीले मासु सहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले पुष्टि गरेको छ ।

यस्तो अपराध गर्नेलाई हदैसम्मको कारवाही होस् । गोठबाटै बाछी लगेर काटिएपछि पानबारीबासीले तत्काल नियन्त्रण गर्न सहयोग गरेका छन्।