बढ्यो सुनको मूल्य

न्युजलय १३ कार्तिक २०८३, बिहिबार ११:४८ मा प्रकाशित

काठमाडौं ।  बिहीबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य ५० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छ। 

त्यस्तै, चाँदीको मूल्य घटेर प्रतितोला ३ हजार ९३० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो।